‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आईसीसी क्रिकेट विश्वकप लिग-२ : नेपालको पहिलो जित, नेदरल्याण्ड्स ९ विकेटले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले पहिलो जित निकालेको छ ।

नेपालले नेदरल्यान्डलाई ९ विकेटले पराजित गरेको हो । नेदरल्यान्डले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाएर पूरा ग¥यो ।

नेपालका अनिलकुमार शाह र आसिफ शेखले अर्धशतक बनाए । कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट भएका थिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड ३९ ओभरमा १३७ रनमा समेटिएको थियो ।

नेदरल्यान्डका कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३, साइब्रान्ड एंगलब्रेक्ट २३, म्याक्स ओ’डाउड १०, बास डे लिड २७, नोआह क्रोस १२, आर्यन दत्त र माइकल लेभिट शून्य रनमा आउट भएका थिए ।

स्पिनर कुशल भुर्तेलले सर्वाधिक ४, ललिल राजवंशीले २, सोमपाल कामी र कप्तान रोहित पौडेलले एकएक विकेट लिएका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १ : ५६ बजे