‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेदरल्याण्ड्सविरुद्ध ३ छक्का र २ चौका प्रहार गरेर बाहिरिए कुशल भुर्तेल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको खेलमा नेपालले एक विकेट गुमाएको छ।  त्रिवि क्रिकेट मैदानमा शनिबार जारी खेलमा नेदरल्याण्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा आक्रमक सुरुवात गरेका ओपनर कुशल भुर्तेल आउट भएका हुन्। उनी ११ बलमा ३ छक्का २ चौकासहित २८ रन बनाएर क्याच आउट भए।

३९ ओभरमा सबै विकेटको गुमाएर नेदरल्याण्ड्सले १३७ रन बनाएको थियो। जवाफी ब्याटिङमा अहिले ओपनर आसिफ शेख र अनिल साह क्रिजमा छन्। नेपालले पाचौं ओभरको समाप्तिमा ५६ रन बनाएर खेलिरहेको छ।

यस अगाडि टस जितेर बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए। त्यसैगरी ललित राजबंशीले २ विकेट, सोमपाल कामी र रोहित पौडेलले समान १/१ विकेट लिए। उत्कृष्ट फिल्डिङ गर्दै खेलमा भीम सार्की र ललित राजबंशीले एक जनालाई र कुशल मल्लले एक खेलाडीलाई रन आउट गराएका थिए। 

नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३ रन बनाए। त्यसैगरी बास डे लिडले २७ रन, साइब्रान्ड एंगलब्रेक्टले २३ रन,नोआह क्रोसले १२ रन, आर्यन दत्त र म्याक्स ओ'डाउडले १०/१० रन बनाए। काइल क्लेनले ११ रन बनाउँदै अविजित रहे । अन्य खेलाडिले दोहोरो अंक बनाउन सकेनन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १ : ०८ बजे