दमक । रोजगारीको सिलसिलामा हङकङ बस्दै आउनुभएका उर्लाबारीका युवाले गाउँमा एम्बुलेन्स उपलब्ध गराएका छन् ।
उर्लाबारी नगरपालिकालाई हङकङमा बसोबास गर्दै आएकापरिवारले रु २५ लाख ५० हजार सङ्कलन गरी पठाएको रकमबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको वडा नं ९ का अध्यक्ष नरबहादुर मोक्तानले राससलाई बताउनुभयो । वडाध्यक्ष मोक्तानका अनुसार एम्बुलेन्स सेवा विपन्न परिवारलाई निःशुल्क प्रदान गरिनेछ ।
नगरपालिकाले विपन्न परिवारसम्बन्धी कार्यविधि बनाइरहेको तथा त्यो तयार भएपछि विपन्न परिवार परिचयपत्र वितरण गरी त्यसका आधारमा सेवाग्राहीलाई निःशुल्क सेवा गरिनेछ ।
एम्बुलेन्स खरिदका लागि हाल हङकङमा बस्दैआउनुभएका उर्लाबारी–९ का याम सेम्बुले एक्लैले रु पाँच लाख ३० हजार एक सय ७६ र अन्य दाताले थप रकम उपलब्ध गराउनुभएको हो ।
प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार १२ : ३७ बजे
प्रतिक्रिया