‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाललाई चौथौ सफलता, ललितले लिए अर्को विकेट

काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई चौथो सफलता मिलेको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका ललित राजबंशीले नेदरल्याण्ड्सको चौथो विकेट लिएका हुन्।

नेदरल्याण्ड्सका बास डे लिडलाई १९ ओभरको दोस्रो बलमा राजबंशीले आउट गराएका हुन्। उनी ४४ बलमा २७ रन बनाएर आउट भए।  त्यस अगाडि साइब्रान्ड एंगलब्रेक्टलाई राजबंशीकै बलमा अनिल साहले क्याच आउट गराएका थिए। उनले ३५ बलमा २३ रन प्रहार गरे।

त्यस अगाडि म्याक्स ओडाउडलाई पाँचौं ओभरको अन्तिम बलमा ललित राजबंशी र भीम सार्कीले रन आउट गराएका थिए । सोमपाल कामीले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्ड्सको पहिलो विकेट लिएका हुन्। कामीको बलमा माइकल लेभिटलाई देव खनालले क्याट आउट गराए। 

नेदरल्याण्ड्सले अहिले २१ औं ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा ७६ रन बनाएर खेलिरहेको छ।

आजको खेलमा आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, करण केसी बेञ्चमा रहेका छन्।
 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ११ : ०४ बजे