‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाललाई तेस्रो सफलता, ललित राजबंशीले लिए विकेट

काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका ललित राजबंशीले नेदरल्याण्ड्सको तेस्रो विकेट लिएका हुन्।

नेदरल्याण्ड्सका साइब्रान्ड एंगलब्रेक्टलाई १५ ओभरको चौथो बलमा अनिल साहले क्याच आउट गरे। उनी ३५ बलमा २३ रन बनाएर आउट भएका हुन्। 

त्यस अगाडि म्याक्स ओडाउडलाई पाँचौं ओभरको अन्तिम बलमा ललित राजबंशी र भीम सार्कीले रन आउट गराएका थिए । उनी २१ बलमा १ छक्कासहित १० रन बनाएर आउट भए। 

सोमपाल कामीले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्ड्सको विकेट लिएका थिए । कामीको बलमा माइकल लेभिटलाई देव खनालले क्याट आउट गराए। 

नेदरल्याण्ड्सले अहिले १७ औं ओभरको समाप्तिमा ६१ रन बनाएर खेलिरहेको छ।

आजको खेलमा आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, करण केसी बेञ्चमा रहेका छन्।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी

नेदरल्याण्ड्स टोली : म्याक्स ओडाउड, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, स्कट एडवार्डस (कप्तान), माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, बास डे लिड, काइल क्लेन

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १० : ५७ बजे