‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विश्वकप लिग–२ : आज नेपाल र नेदरल्याण्डस भिड्दै

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज (शनिबार) नेदरल्याण्डसको सामना गर्दैछ । त्रिवि मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि शुरु हुँदैछ ।

नेपालले यस श्रृंखला (सिरिज) को पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसले आफ्नो अफिलो खेल खेल्दैछ । नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म केवल तीन एक दिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले दुई र नेपालले एक खेल जितेको छ । नेपालले आफ्नो पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ ।

लिग–२ मा आठ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आइसीसीका अनुसार लिग–२ मा शीर्ष चार स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका चार देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

खेल तालिका

फागुन ७ गते सोमबार– नामिबियाविरुद्ध नेदरल्याण्डस
फागुन ९ गते बुधबार– नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबार– नामिबियाविरुद्ध नेदरल्याण्डस
फागुन १३ गते आइतबार– नेपालविरुद्ध नेदरल्याण्डस

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ७ : ३७ बजे