साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आँखा अस्पतालको कार्यसमिति अध्यक्षमा डा पोखरेल

काठमाडौँ । नेपाल आँखा अस्पतालको  उन्नाइसौँ साधारणसभाले डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । चारवर्षे कार्यकालका लागि अस्पतालको आज भएको साधारणभाले कार्य समिति अध्यक्षमा डा. पोखरेललाई चयन गरको हो । आज चयन भएका सदस्यहरूमध्येबाटै अन्य पदाधिकारी चुनिने छ । 

नव गठिन कार्य समिति सदस्यमा कृपाशुर शेर्पा, राजाराम श्रेष्ठ, अनिलप्रसाद गोर्खाली, मेघराज गजुरेल, डा. दिपबहादुर कार्की, युद्धध्वज सापकोटा, नारायणप्रसाद न्यौपाने, प्राडा कान्ता पौडेल, भोजविक्रम थापा र किरण थापा निर्वाचित हुनुभयो । उहाँहरु सवै अस्पतालका आजिवन सदस्य हुनुहुन्छ । नेपालका पुराना नेत्र रोग विशेषज्ञ डा. रामप्रसाद पोखरेल संरक्षक रहेको उक्त अस्पतालमा हाल एक सय २४ आजीवन सदस्य र एक सय ३६ जना कर्मचारी छन् ।

 उच्च अदालतका पूर्व न्यायाधीश एवंं निर्वाचन अधिकृत साधुराम सापकोटाले विजयी अध्यक्ष र सदस्यहरुलाई आजै प्रमाणपत्र प्रमाणपत्र प्रदान गर्नुभयो । नतिजा सार्वजनिक भएसगै अध्यक्ष डा पोखरेलले अस्पतालको स्तरोन्नतिका लागि प्रण गर्दै सवै पक्षलाई विश्वासमा लिएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : १५ बजे