‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रहरीको शरणमा पुगे ‘महाभारत’का ‘कृष्ण’

मुम्बई । भारतीय टेलिभिजन सिरियल ‘महाभारत’मा ‘भगवान् कृष्ण’को भूमिका निभाएका अभिनेता नितिश भारद्वाज आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा आएका छन् । उनले आफूमाथि आफ्नी पूर्व श्रीमती आईएएस स्मिता भारद्वाजले मानसिक यातना दिएको को आरोप लगाएका छन् । उनको यो आरोपले जोकोही चकित भएका छन् ।

नितिशले पूर्व पत्नीविरुद्ध भोपाल प्रहरीका कमिश्नर हरिनारायणाचारी मिश्रलाई इमेल गर्दै उजुरी दिएका छन् । उनले उजुरीमा आफ्ना दुई छोरीलाई स्मिताले भेट्न नदिएको उल्लेख गरेका छन् । नितिशका दुई जुम्ल्याहा छोरी छन् । अभिनेताको उजुरीपछि प्रहरीले अनुसन्धानको आदेश दिएको छ । प्रहरी कमिश्नर मिश्रले आफूले नितिशको पत्र पाएको पुष्टि गरेका छन् ।

नितिशले सन् २००९ मा स्मितासँग विवाह गरेका थिए । स्मिता र नितिशको यो दोस्रो विवाह थियो । दुवैको भेट केही साथीभाइमाझ भएको थियो । जुन भेटपछि उनीहरूको दोस्ती र प्रेम बस्यो । कमै भेटमा दुवैले विवाह गर्ने निर्णय लिए । तर उनीहरूको वैवाहिक सम्बन्ध लामो समय टिक्न पाएन । विवाहको १२ वर्षपछि अर्थात् सन् २०२२ मा दुवैले सम्बन्ध विच्छेद गरे । यद्यपि उनीहरू सन् २०१९ मै अलग्गिएका थिए । (अमर उजाला)

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ६ : ०६ बजे