सुनको मूल्यमा नयाँ कीर्तिमान

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँ वृद्धि गरेको हो।

भारतले मूल्य बढाएर नयाँ सूची पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो। यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १७२ र डिजेल र मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। नयाँ मूल्यूची आज राति १२ बजेदेखि लागू हुनेछ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ९ : २९ बजे