‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङ दोषी ठहर

काठमाडौँ — ललिता निवासको जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर भएका छन् । विशेष अदातलतले गुरुङलाई जग्गा हिनामिनाको मतियारको रुपमा दोषी ठहर गर्दै दुई वर्ष कैद र ८० लाख ४८ हजार जरिवाना हुने ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई मुख्य अभियुक्त सरह नै दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । गुरुङसहित यो प्रकरणमा भूमाफिया किटान भएका रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई दोषी ठहर गरिएको हो ।उनीहरुले सरकारी जग्गा नक्कली मोही खडा गर्ने र व्यक्तिका नाममा लैजाने योजनाकारका रुपमा भूमिका खेलेको विशेष अदालतको ठहर छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ८ : २३ बजे