एमाले सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक एमाले पार्टी कार्यालय च्यासलमा सुरु भएको हो ।

 बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाएको छ ।

आजको बैठकमा पार्टीको केन्द्रीय कमिटीको बैठकको बोलाउनेबारे छलफल हुनेछ । एमालेले हालै गरेको मध्यपहाडि लोकमार्ग केन्द्रित अभियानको समीक्षा गर्नको लागि केन्द्रीय समितिको बैठक बोलाउने तयारी एमालेको छ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ४ : ०४ बजे