‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

ललित राजवंशीले लिए दोस्रो विकेट

काठमाडौं  । ललित राजवंशीले नामिबियाविरुद्ध जारी क्रिकेटमा दुई विकेट लिएका छन् । उनले नामिबियाका ओपनर निकोलस डबिनल र माइकल भान लिँगेनको विकेट लिएका हुन् ।

१३३ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ५४ रन बनाउँदा दोस्रो विकेट गुमाएको हो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले १३२ रन बनाउँदै अलआउट भएको थियो । नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका गेरहार्ड एरासमसले घातक बलिङ गर्दै पाँच विकेट लिएका थिए ।

त्यस्तै, रुबेन ट्रम्पलमन र ज्याक ब्रसेलले समान २/२ विकेट लिए भने जन निकोल लोफ्टिएटनले एक विकेट लिएपछि नेपाल सस्तैमा समेटिएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  २ : ०७ बजे