काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियाविरुद्ध पहिलो सफलता हात पारेको छ ।
नेपालका स्पिनर ललीत राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले पाँचौ ओभरको तेस्रो बलमा नामिबियाका ओपनर एन डेभिनलाई १५ रनमा आउट गराए ।
नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ ओभरमा एक विकेट गुमाएर २८ रन बनाएको छ ।
प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार १ : ५२ बजे
प्रतिक्रिया