काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज बढेको छ । हिजो प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार १२ : ४१ बजे
प्रतिक्रिया