‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पवन सर्राफ पनि आउट, नेपालले गुमायो नवौँ विकेट

काठमाडौँ । नामिबियासँगको जारी खेलमा नेपालले नवौँ विकेट गुमाएको छ ।

१२१ रन बनाउँदा नेपालका पवन सर्राफ आउट भएका हुन् । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियासँग खराब सुरुवात गरेको नेपालले लगालग विकेट गुमाएको हो ।

आठौँ विकेटका रूपमा गुल्शन झा आउट भएका थिए भने सातौँ विकेटका रूपमा भीम सार्की पेभेलियन फर्किएका थिए । त्यस्तै छैटौँ विकेटका रूपमा सोमपाल कामी आउट भएका थिए ।

पाँचौँ विकेटका रूपमा कुशल मल्ल, चौथो विकेटका रूपमा कप्तान रोहित पौडेल, तेस्रो विकेटका रूपमा ओपनर आशिफ शेखलाई, दोस्रो विकेटका रूमा अनिल साह र पहिलो विकेटका रूपमा कुशल भुर्तेल आउट भएका थिए ।

अहिले ललित राजवंशी र करण केसी मैदानमा छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  १२ : ३३ बजे