काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनु भएको छ ।
प्रधानमन्त्री ओलीले आज विहान ११ बजे प्रधानमन्त्री निवास, वालुवाटरमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।
बैठकमा कोरोना भाइरसको संक्रमण, संसदको हिउँदे अधिबेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताउनुभयो ।
प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार ८ : २७ बजे
प्रतिक्रिया