काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्ध नेपालले खराब सुरूवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालका आसिफ शेख ४ रनमै आउट भएका हुन् ।
यसअघि अनिल साह ८ रनमा आउट भएका थिए भने ओपनर कुशल भुर्तेल खेलको पहिलो बलमै आउट भएका थिए ।
नेपालले खेलको जारी ५.४ ओभरमा तीन विकेटको क्षतिमा १५ रन बनाएर खेलिरहेको छ ।
प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार १० : ०८ बजे
प्रतिक्रिया