गाडीको ठक्करबाट दुई दिदी बहिनीको मृत्यु

दाङ । दाङको देउखुरीमा डबल क्याप स्कारपियोले  ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

बुधबार बेलुका ४:१५ बजेको समयमा लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका- ८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र ३-०१०२२ च १३६९ डब्बल क्याप स्कारपियोले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार प्युठान जिल्ला झिमरूक गाउँपालिका-८, गोवडी घर भई हाल राप्ती गाउँपालिका-८ पिपरी बस्ने  ३५ वर्षीय राधा बस्नेत र उनकी  बहिनी २० वर्षीय बिपना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

गम्भीर घाइते राधाको उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेका थिए भने गम्भीर घाइते बहिनीलाई लमही अस्पतालमा सामान्य उपचार पछि बुटवल पटाइएको थियो । के सीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जक मल्लले जानकारी दिनुभयो ।

गाडी तीव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरी प्रारम्भिक अनुसन्धान गरेको छ । ठक्कर दिने गाडीका चालक फरार रहेका छन् । मृतक बस्नेतको शवलाई लमही अस्पतालको शव गृहमा राखिएको छ भने बहिनी के सीको शव लमही ल्याउन लागिएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ७ : ०९ बजे