पुराण सुन्न राष्ट्रपतिकाे हेलिकोप्टर शयर

काठमाडौं ।  रामचन्द्र पौडेल पाँचथर जानुभएको छ । फिदिममा आयोजित श्रीमद भागवत महापुराणको उद्घाटन गर्न उहाँ दिउँसो त्यता पुग्नुभएको हो । 

राष्ट्रपति पौडेल सेनाको भैरवनाथ गणबाट मध्याह्न १२ बजे सैनिक हेलिकोप्टरमा फिदिम प्रस्थान गर्नुभएको बताइएको छ । राष्ट्रपतिसहित ८ जनाको टोलीलाई फिदिम पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलस्थित सेनाको मध्य एयर बेशबाट ९ एन आरएएम अगुस्टा हेलिकप्टर बिहान भैरवनाथमा अवतरण गराइएको थियो। 

पाँचथर बहुमुखी क्याम्पसको आयोजनामा आजबाट शुरु भएको आध्यात्मिक महोत्सवको उद्घाटन गरेर केहीबेर पुराण सुनी राष्ट्रपति पौडेल साँझ सोही हेलिमा काठमाडौँ फर्किने कार्यक्रम छ । 

‘श्रीमद भागवत ज्ञान महायज्ञ तथा बहुधार्मिक आध्यात्मिक महोत्सव नाम दिइएको सो कार्यक्रममा एउटै मण्डपबाट हिन्दु,बौद्व र किराँत धर्मका धर्म गुरुले प्रवचन दिने भनिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ४ : ३७ बजे