‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कुवेतलाई ८ विकेटले हराउँदै नेपाल एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । नेपालले कुवेतलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले कुवेतलाई डीएलएस मेथडमा ८ विकेटले हराएको हो।

डीएलएसबाट १२ ओभरमा ५० रनको लक्ष्य पाएको नेपालले ६.५ ओभरमा पूरा गरेको थियो। नेपालका लागि इन्दु बर्मा २२ रनमा अविजित रहिन्। त्यस्तै कविता कुँवर १ रन, सीता राना मगर १७ रनमा आउट भएकी थिइन्। कविता जोशी भने ४ रनमा अविजित रहिन्।

यसअघि कुवेतले निर्धारित ओभरको खेलमा ९ विकेटको क्षतिमा ७३ रन बनाएको थियो। खेलमा नेपालकी बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएकी थिइन्। रानामगरले १२.२ ओभरमा कुवेतकी ब्याटर प्रियदा मुरलीको विकेट लिएकी थिइन्। लगत्तै १२.३ ओभरमा रानामगरको बलमा काजल श्रेष्ठद्वारा कुवेतकी मारयम ओमर स्टम्प आउट भइन्।

१२ ओभरको चौथो बलमा कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काएकी हुन्। त्यसैगरी रुविना क्षेत्रीले २ विकेट र कविता कुँवरले २ विकेट लिइन्।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  २ : ५० बजे