‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एसीसी वुमन्स प्रिमियर कप : माल्दिभ्सलाई २१४ रनले पराजित गर्दै नेपाल विजयी

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ। मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा भएको खेलमा माल्दिभ्सलाई २१४ रनले हराउँदै नेपाल विजयी भएको हो।

१३.५ ओभरमा नै १३ रन बनाएर माल्दिभ्स अलआउट भएको हो। नेपालका लागि अमिना कर्मचार्यले ४ विकेट, पूजा महत्तो र रुविना क्षेत्रीले ३/३ विकेट लिएकी हुन्।  माल्दिभ्सका खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

त्यस अगाडि रुविना क्षेत्रीले माल्दिभ्सविरुद्धको खेलमा शानदार सतक प्रहार गरेकी छन्। क्षेत्रीले सतकसँगै नेपालले माल्दिभ्ससामु २२८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै नेपालले २२७ रनको योगफल तयार गरेको हो।

क्षेत्रीले ५९ बलमा ११८ रन बनाएर अविजित रहिन्। उनले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको योगदान दिइन्। योसँगै रुविना क्षेत्री नेपालका लागि पहिलो शतक प्रहार गर्ने महिला खेलाडीसमेत बनेका हुन्। 

यसैगरी क्षेत्रीसँग साझेदारी गरेकी पूजा महतोले अर्धशतक प्रहार गरिन्। उनले ३६ बलमा १ छक्का र ५ चौकासहित ५९ रन बनाएर अविजित रहिन्। नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो।

नेपालले यस अगाडि हङकङ र भुटानलाई पराजित गरेको थियो।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  २ : ३० बजे