‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्सविरुद्ध खेल्दै

काठमाडौँ । एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ।

मलेसियाको वाईएसडी ओभलमा नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि खेल सुरु हुनेछ।

नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८९८ विकेटको जित हासिल गरेको थियो। त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो।

आजै समूह डी कै भुटान र हङकङले पनि समूह चरणको अन्तिम खेल खेल्दै छन्। यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ७ : २१ बजे