यस्तो छ आजको विनिमय दर

सडक डिभिजन आगलागी घट्ना : सरकारी कागजातहरु सुरक्षित

काठमाडौं । मिनभवन स्थित सडक डिभिजन काठमाडौंको परिसरमा एक भवनमा आइतवार आगलागी हुँदा उक्त भवन भित्र रहेका सम्पूर्ण सामानहरु पूर्ण रुपमा क्षती भएको भएतापनि सरकारी कागजातहरु सुरक्षित रहेको डिभिजन कार्यालयले जनाएको छ ।

‘आगलागीका कारण डिभिजन प्रमुखको क्वार्टर र क्वार्टरमा रहेका सम्पूर्ण सामानहरु जलेर पूर्ण रुपमा नष्ट हुन गएको छ । यस डिभिजनको अन्य भवनहरु तथा कार्यालयमा रहेका सम्पूर्ण सरकारी कागजातहरु सुरक्षित रहेको व्यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई जानकारीको लागि अनुरोध छ ।’ डिभिजन कार्यालयबाट जारी विज्ञप्तीमा भनिएको छ –

सूर्यविनायक– धुलिखेल, धुलिखेल– सिन्धुली– वर्दिवास सडक आयोजनाले उक्त कार्यालय स्थानान्तरण हुनु पूर्व प्रयोग गरिरहेको एक तल्ले पूर्व निर्मित भवन हाल सडक डिभिजन काठमाडौंका डिभिजन प्रमुखले क्वार्टरको रुपमा प्रयोग गर्दै आउनु भएकोमा मिति २०८० माघ २८ गते आइतवार दिउँसो करिव २ बजे तिर एक्कासी बिजुली सट भई आगलागी हुन जांदा तत्कालको पश्चात् काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका वारुणयन्त्रहरुद्वारा अग्नि नियन्त्रण गरिएको थियो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ६ : ४८ बजे