‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

क्यानडाविरुद्ध भीम सार्कीको अर्धशतक

काठमाडौं । भीम सार्कीले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन्। टीयु क्रिकेट मैदानमा क्यानडाविरुद्धको अन्तिम एक दिवसीयमा भीमले अर्धशतक प्रहार गरेका हुन् ।

उनले ७८ बलमा ५ चौकासहित ५० रन कटाएका हुन्। भीमको एक दिवसीय अन्तर्राष्ट्रियमा यो चौथो अर्धशतक हो। 

यसअघि ओपनर अनिल साहले अर्धशतक प्रहार गरेका थिए। क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ३२ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा १५० रन बनाएर खेलिरहेको छ। अनिल ७७ रनमा अविजित छन्। कुशल भुर्तेल भने १३ रन बनाएर आउट भएका थिए।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ३ : ४४ बजे