‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

क्यानडाविरुद्धको खेलमा नेपालले लियो पाँचौँ विकेट

काठमाडौं ।  तीन एक दिवसीय सिरिजअन्तर्गतको तेस्रो खेलमा नेपालले क्यानडाको पाँचौँ विकेट लिएको छ । कुशल मल्लले पाँचौँ विकेटका रूपमा क्यानडाका हर्ष थकेरलाई आउट गराएका हुन् । उनी ५७ बलको सामना गर्दै २९ रन बनाएर आउट भए ।

त्यसअघि नेपालविरुद्ध अर्धशतक बनाएका क्यानडाका नवनीत धलिवाललाई चौथो विकेटका रूपमा ललित राजवंशीले आउट गराएका थिए । नवनीतले ८२ बलको सामना गर्दै ५० रन बनाएका हुन् । टीयू क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा यसअघि कुशल मल्लले नेपालका लागि तेस्रो विकेट लिएका थिए । उनले क्यानडाका निकोलस किर्तोनको विकेट लिएका हुन् ।

त्यस्तै आकाश चन्दले नेपालका लागि दोस्रो विकेट लिएका थिए । उनले क्यानडाका सिरमान्था विजयरत्नेलाई कप्तान रोहित पौडेलबाट क्याचआउट गराएका हुन् ।

आजबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हेमन्त धामीले नेपालका लागि पहिलो विकेट लिएका थिए । धामीले क्यानडाका एरोन जोनसनको विकेट लिएका हुन् । नेपालले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ । नेपालले टस जितेसँग कप्तान रोहित पौडेलले पहिला बलिङ गर्ने निर्णय लिएका थिए ।

यसअघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो । अन्तिम खेलमा जित हासिल गरेर सिरिज क्लिन स्विप गर्ने नेपालको लक्ष्य छ भने त्यसलाई रोक्ने लक्ष्यमा क्यानडा छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १२ : ३५ बजे