सुनको मूल्यमा नयाँ कीर्तिमान

हिउँमा रमाउँदै रारा आएका पर्यटक (फाेटाेफिचर)

मुगु ( गमगढी) ।  नेपालकै ठुलो र गहिरो ताल रारामा  तालको सुन्दरता सँगै  हिउँमा  रमाउने  पर्यटकहरू बढेका छन् । लामो समय देखि वर्षा र हिमपात  नभए पछि निराश बनेका  जनता हरू माघ दोस्रो सातातिर भएको हिमपात  पछि  मौसममा सुधार  आय लगतै  रारामा हिउँ सँग खेल्ने र रमाउने आन्तरिक पर्यटकहरूको सङ्ख्या बढेको हो ।

हिउँद ऋतुमा  सुनसान जस्तै बन्ने रारामा यस पटक भने रारामा चहल पहल भएको  देखिन्छ । विगतका वर्षहरूमा हिउँद अत्यधिक चिसोको कारण  पर्यटक आवागमन घट्ने गरेको थियो भने यस पटक अघिल्ला वर्षको तुलनामा निकै चहल पहल बढेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

हिमपात  कम हुँदा पर्यटकलाई आऊ जाउँमा धेरै गाह्रो  नहुनु र  यस  वर्षको हिउँदमा कम वर्षा हुँदा जाडो  खासै नभएकाले  पर्यटकहरू लाई  रारा घुम्न धेरै सहज भएको  राराका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाको भनाई छ । हिउँमा रमाउनका लागि मुगुकै विभिन्न स्थानबाट पनि युवाहरू पुगिरहेका छन् । सदरमुकाम गमगढी बजार, मुर्मा, तुम, झ्यारी, टोप्ला, पिना, सोरु, खत्याडमा रहेका दर्जनौँ बस्तीबाट युवायुवती रारा जाने गरेका छन् । छिमेकी जिल्ला जुम्लाबाट पनि आन्तरिक पर्यटक दैनिक ५०-६० जना आउने गरेका छन् । हिउँ परेको दिन  हिउँ खेल्न रारा आउने गरेका छन् । 

यस वर्ष  जाडो कम भएर होला रारा घुम्ने र हिउँ खेल्नको लागी आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताउनु  भयो । हिउँमा रमाउनका लागि मुगुकै विभिन्न स्थानबाट पनि युवाहरू रारा पुगिरहेका छन् ।​​​​​​​

सदरमुकाम गमगढी बजार, मुर्मा, तुम, झ्यारी, टोप्ला, पिना, सोरु, खत्याडमा रहेका दर्जनौँ बस्तीबाट युवायुवती रारा जाने गरेका छन् । छिमेकी जिल्ला जुम्लाबाट पनि आन्तरिक पर्यटक दैनिक ५०-६० जना आउने गरेका छन् । हिउँ नै परेको दिन हिउँ खेल्न रारामा धेरै आन्तरिक पर्यटक आएको   अधिकृत  घिमिरेले बताउनु भयो । पछिल्ला वर्षहरूमा गमगढी बाट  कर्मचारी, युवा, र स्थानीय महिलाहरू रारामा देउडा खेल्ने , सेल्फि खिच्ने , भिडियो बनाउने र फेसबुकमा पोस्ट गर्ने हाेड बाजि नै देखिएको छ । अर्कोतिर गमगढी बाट रारा ताल ननिकै पर्ने सल्लेरी सम्म सुलभ भाडा दरमा नगर बस सन्चालनमा आएपछि  रारामा झनै चहल पहल बढेको हो ।

 

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ०६ बजे