‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपालले मिर्गौलासम्बन्धी शल्य चिकित्साको क्षेत्रमा असाधारण र नमुनायोग्य प्रगति गरेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मिर्गौलासम्बन्धी शल्य चिकित्साको क्षेत्रमा असाधारण र नमुना योग्य प्रगति गरेको बताउनुभएको छ । 

शुक्रवार राजधानीमा सुरु भएको नेपाल युरोलोजिकल शल्य चिकित्सक सङ्घको छैटौँ वार्षिक हाइब्रिड सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो विचार राख्नुभएको हो ।

  ‘मैले एक वर्षअघि मात्र स्वदेशमै दोस्रो प्रत्यारोपण गरेको थिएँ । म विल्कुल स्वास्थ्य  छु र प्रधानमन्त्रीको जस्तो गहन म जिम्मेवारी सम्हाली रहेको छु,’ उहाँको भनाई थियो ।

प्रत्यारोपण पछिका १३ महिना आफू विना कुनै स्वास्थ्य समस्या काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले आफूसँगै दुवै पटकका मिर्गौलादाताहरू समेत  स्वास्थ्य र सक्रिय रहेको पनि उहाँले बताउनुभयो । 

शल्य चिकित्सा करिब २६ सय वर्षअघि ऋषि श्रुषुतले नेपालमै विकास गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यसपछि लामो समय अन्तरमा १३ वर्ष अघि फेरि नेपालमा आएको प्रधानमन्त्रीले बताउनुभयो । 

सन् १९०२ को असफल प्रयासबाट सुरु भएको मिर्गौला प्रत्यारोपण १९५४ देखिको पहिलो सफलता   र त्यसपछि क्रमशः प्रगति भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो । 

पहिलो पटक आफ्नो मिर्गौला प्रत्यारोपण  गर्दा देशमा त्यो सुविधा नभएका कारण भारतमा गर्नुपरेका स्मरण गर्दै उहाँले १३ वर्षपछि सुविधा पाएकै कारण नेपालमा शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।  

नेपालले पहिलो मिर्गौला प्रत्यारोपण गरेको १३ वर्षमा  ठुला उपलब्धिहरू हासिल गरेको समेत प्रधानमन्त्रीले बताउनुभयो । सार्क तथा विश्वका अन्य क्षेत्रका  चिकित्सकहरूको अनुभव आदान प्रदानले यस क्षेत्रमा थप प्रगतिको बाटो खोलेको बिचार उहाँको थियो । 

कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा मिर्गौलासम्बन्धी शल्यक्रियामा लामो योगदान गरे बापत प्राध्यापक डा. अर्जुन देव भट्टलाई जीवनकाल उपलब्धि पुरस्कारबाट सम्मानित गर्नुभएको थियो । 

यसै गरी नेपाल युरालोजिकल शल्य चिकित्सक सङ्घलाई निरन्तर सहयोग पुर्‍याउने भारतीय युरोलोजि विद्  डा रवीन्द्र बी साबनिस नेपाल युरोलोजिकल सङ्घको मानार्थ सदस्यता प्रदान गर्नुभएको थियो । 

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ७ : ५१ बजे