यस्तो छ आजको विनिमय दर

नयाँ बानेश्वरस्थित सडक विभागको क्यान्टिनमा आगलागी

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित सडक विभाग कार्यालयको क्यान्टिनमा आगलागी भएको छ । 

आइतबार दिउँसो क्यान्टिनमा एक्कासी आगलागी भएपछि जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, काठमाडौँ महानगर प्रहरी बलले आगो निभाएका छन् । काठमाडौँ र ललितपुर बारुण यन्त्र कार्यालयबाट गएका दमकलको सहयोगमा आगो निभाइएको छ । 

आगो पूर्णरुपमा नियन्त्रणमा आएको काठमाडौँ महानगर प्रहरी बलले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ४ : १९ बजे