सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

एमाले महासचिव पोखरेल सवार गाडी दुर्घटना

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना भएको छ ।

दैलेखको पार्टी कार्यक्रमका लागि जाने क्रममा महासचिव सवार गाडी सडकमै पल्टिएको हो । घटना भने हिजो शनिबारको हो । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार नजिकै जंगलमा म १ च ३६९ नम्बरको स्कोरपियो पल्टिएको हो ।

हिजै भएको भए पनि दुर्घटनाको तस्बिर भने आज उपमहासचिव विष्णु रिमालले सार्वजनिक गर्नुभएको हो । रिमालले आइतबार एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना भन्दै दुर्घटनाको तस्बिर सार्वजनिक गर्नुभएको हो।

गाडीमा सवार महासचिव सकुशल रहेको उपमहासचिव रिमालले जानकारी दिनुभएकाे छ ।

दुर्घटनामा एमाले कर्णाली प्रदेशकी उपसचिव पद्मा खड्काको हातमा भने चोट लागेको छ । उहाँको हातमा प्लास्टर गरिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १ : ४८ बजे