विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

क्यानडाविरुद्धको सिरिज जितेको नेपाली टिमलाई अध्यक्ष ओलीको बधाई

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको नेपाली टिमलाई बधाई दिनुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएको अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत नेपाली टिमलाई बधाई दिनुभएको हो ।

‘नेपाल र क्यानाडाको तीन खेलको एक दिवसीय सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल लगातार जित्दै सिरिज २-० ले जितेकोमा नेपाली टिम र खेलाडीहरुलाई बधाई !!’ अध्यक्ष ओलीले भन्नुभएको छ ।

आज शनिबार टियु मैदानमा भएको दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गर्दै एक खेलअगावै सिरिजको उपाधि जितेको हो ।

क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको थियो ।

यसअघि पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो ।

अब नेपाल र क्यानडाबीचको अन्तिम खेल सोमबार हुनेछ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ८ : ०७ बजे