‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

रफाह शहर खाली गर्न इजरायली प्रधानमन्त्रीको आदेश

काठमाडौं।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास विरुद्धको आक्रमणअघि दक्षिणी गाजा सहर रफाहबाट सर्वसाधारणलाई बाहिर निकाल्ने तयारी गर्न सेनालाई आदेश दिनुभएको छ ।

रफाहमा करीब १५ लाख प्यालेस्टिनीहरुले शरण लिईरहेका छन् । अमेरिकाले इजरायललाई रफाहमा आक्रमण विपत्ति हुने चेतावनी दिएको छ भने ईयू र संयुक्त राष्ट्र दुवैले चिन्ता व्यक्त गरेका छन् ।

सहायता समूहहरूले पनि ठूलो संख्यामा रहेका मानिसहरुलाई शहरबाट बाहिर निकाल्न सम्भव नभएको बताएका छन् । नेतन्याहुले मानिसहरु हटाउने र हमासको बटालियनहरु नष्ट गर्नको लागि एक संयुक्त योजना मन्त्रिपरिषद्मा पेश गर्न आदेश दिएको उहाँको कार्यालयले जनाएको छ ।

कार्यालयले विज्ञप्ती जारी गर्दै हमासलाई नष्ट नगरी र रफाहमा रहेको चारवटा हमास बटालियनलाई छोडेर युद्धको लक्ष्य हासिल गर्न असम्भव रहेको जनाएको छ । रफाहको लडाईका क्षेत्रहरू खाली गर्न आवश्यक रहेको समेत विज्ञप्तिमा भनिएको छ ।

यस हप्ताको सुरुमा नै नेतन्याहुले रफाहमा आक्रमणका लागि तयार हुन सेनाहरूलाई आदेश दिनुभएको थियो ।

अक्टोबर ७ यता गाजामा इजरायली हमलामा करीब २९ हजार व्यक्तिको मृत्यु भएको छ भने ६७ हजार भन्दा बढी घाइते भएका छन् । अक्टोबर ७ मा हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमानेको संख्या १ हजार १ सय ३९ पुगेको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ८ : ४५ बजे