यस्तो छ आजको विनिमय दर

क्यानाडा र पोर्चुगलका लागि राजदूत नियुक्त

काठमाडौँ, २६ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानाडा र पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१)अनुसार मन्त्रिपरिषद्को सिफारिसमा भरतराज पौड्याललाई क्यानाडाका लागि नेपालको आवासीय राजदूत पदमा र शनिल नेपाललाई गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : ५४ बजे