‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बालबालिकालाई प्रधानमन्त्रीले भन्नुभयो,–‘तपाईहरुले सिर्जनात्मक बन्दै नयाँ रेकर्ड बनाउनुपर्छ’

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरुलाई पुर्खाद्वारा आर्जित ज्ञान शिप र स्रोत् नयाँ उचाइमा लैजान गरी काम गर्न अभिप्रेरित गर्नुभएको छ । 
बालबालिकासम्बन्धी १० वर्षे रणनीतिले सम्बोधन गर्नुपर्ने समस्याहरु र आफ्ना  सुझावहरु दिनका लागि देशका विभिन्न भागबाट प्रधानमन्त्री निवास बालुवाटारमा र आइपुगेका बालबालिकाहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाहरुलाई पुर्खाको योगदान सम्झन, त्यसबारे बुझ्न र आफूले पनि त्यसमा थप योगदान गर्न तत्पर रहनुपर्ने बताउनुभयो । ‘तपाईहरुले सिर्जनात्मक बन्दै नयाँ रेकर्ड बनाउनुपर्छ’, प्रधानमन्त्रीको भनाई थियो । 

प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो काम प्रति इमान्दार रहन सम्झाउँदै  पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमान्दार ढंगले सहभागी हुन सुझाव दिनुभयो । साथै उहाँले नेपालका बालबालिकाहरु ज्ञानमा निपूण तथा आविष्कारक पुर्वजको सन्तती भएको उल्लेख गर्दै मेहेनत गरेमा जुनुसुकै काम गर्न पनि बालबालिकाहरु सक्षम हुने पनि बताउनुभयो । पुर्वजहरुले ज्ञान विज्ञानका धेरै कुरा आविष्कार गरेर अहिलेका मानिसलाई सजिलो पारिदिएको पनि उहाँले बताउनुभयो । ‘त्यस्ता ज्ञानी पुर्खाको सन्तान हामीले मेहेनत गरेर प्रगति गर्नुपर्छ’, प्रधानमन्त्रीले बालबालिकाहरुलाई भन्नुभयो ।  

बालबालिकाको क्षेत्रमा कामगर्ने सँस्थाहरुको समूह कन्र्सोटियम नेपालद्वारा आयोजित उक्त कार्यक्रममा बालबालिकाहरुले परिवार र समाजमा बालमैत्री वातावरण बन्नु पर्ने, विद्यालय व्यवस्थापन समितिसहित स्थानीय तहका बालबालिकासम्बन्धी संरचनाहरुमा बालक्लवहरुका बालबालिकाहरुको अनिवार्य र अर्थपुर्ण प्रतिनिधित्व गराउनुपर्ने र बालमैत्री स्थानीय शासनलाई सबै स्थानीय सरकारहरुले लागु गर्नुपर्ने सुझाव उनीहरुले दिएको छन् । यसैगरी स्थानीय निकायहरु बालमैत्री घोषणा हुनु सुझाव उनीहरुको छ । 

यसका लागि बालमैत्री स्थानीय शासन सम्बन्धी परिमार्जित राष्ट्रिय रणनीति मन्त्रीपरिषद् पारित हुनु पर्ने माग पनि उनीहरुले गरेका छन् । 
यसै गरी स्थानीय तहले बाल सहभागिता प्रवद्र्धन, बालबालिकाको समान विकासका लागि समावेशी सहभागिता सुनिश्चित गर्न बजेट छुट्याउनु पर्ने सुझाव पनि बालबालिकाहरुले प्रधानमन्त्रीलाई दिए यसै गरी  विद्यालयमा कम बोल्ने बालबालिकाहरुको सहभागितालाई प्राथमिकता दिनु पर्ने र स्थानीय तहमा बाल भेला नियमित र प्रभावकारी रुपमा कार्यान्वनय गराउनु पनेै माग पनि उनीहरुको छ । 
यसै गरी सबै बालबालिकालाई सन्तुलित र पौष्टिक आहारको सुनिश्चिता हुनुपर्ने परिवार र विद्यालयमा जंक फुडको प्रयोगलाई पूर्ण निषेध गर्नुपर्ने सझाव समेत उनीहरुले दिएका छन् ।  

 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ५ : ३० बजे