साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

 कवि चम्रेल काठमाडौँमा बस्छन्,

कवि चम्रेल काठमाडौँमा बस्छन्

बिहानभरि चर्चमा निधार ठोक्छन् 

दिनभरि प्रगतिवाद घोक्छन् 

बेलुका भएपछि  बोतल घोक्छन् 

फाइदा हुने हुने तराजुमा  आफूलाई जोख्छन् ,

घरी देशभक्त खनालको नाममा टिपेक्स दल्छन् 

घरी भिक्टर प्रधानको नाममा कालो पोत्छन् 

पटक पटक प्रज्ञा प्रतिष्ठानको जागिर खान्छन् 

भन्न त आफूलाई द्वन्द्ववादी भन्छन् 

तर चरम धनवादमा रमाउँछन्  

 

                             १

जनवादको  बखान गरेर कहिल्यै थाक्दैनन् 

टिके प्रधानमन्त्रीको स्वागतका लागि हातमा टोपी लिएर दगुर्छन्   

आफूलाई मार्क्सवादी भन्छन्,

 तर मार्क्सवाद बचाउन चारतारे झण्डा बोक्छन् 

कवि चम्रेल यसरी दैनिकी बिताउँछन् 

 

२       

कवि चम्रेल सदा  काठमाडौँ कुर्छन् 

मन्त्री र माननीयका घरघर घुर्छन् 

कुनै नियुक्ति पाएनन् भने

 रिसको झोँकमा  क्रान्तिधारी कविता कोर्छन् 

 विचारलाई अचार बनाउँछन् र खान्छन् 

गुट र फुटमा रमाउँछन् 

मार्क्सवाद होइन मासु र भात भन्छन् 

जात,भात र थर गोत्रको नेता मात्र मन पराउँछन् 

सिद्धान्त भने 

सिँगौरामा झुन्ड्याउँछन् 

 

कवि चम्रेल तुइन विस्थापितता भएको देख्दैनन् 

 धरहरा अग्लिएको हेर्दैनन्   

सुन्दर, शान्त र मनमोहक रानी पोखरीमा जाँदैनन् 

श्रमजीवी जनताका आठ लाख घर बनेको सुन्दैनन् 

फगत लेख्नका लागि लेख्छन्, लेखिरहन्छन् 

सबै शासकलाई चन्द्र शमशेर देख्छन्,

कवि चम्रेल काठमाडौँमा बस्छन्    

 

 

 

 

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १ : ५२ बजे