यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा आवेदन

​​​​​​​काठमाडौँ– नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा आवेदन माग गरेको हो । 

खुला तथा समावेशीसहित एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ । 

खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उम्मेदवारले दरखास्त दिन सक्नेछन् । 

चैत ९ गतेसम्म आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

 

 

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १० : २६ बजे