विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ । यो खेल त्रिभुवन बिश्व बिधालयको खेल मैदानमा बिहान ९ः १५ बजेदेखि शुरु हुँदैछ ।

क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । टीयू क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गते पहिलो खेल हुने छ भने १० फेब्रुअरी अर्थात माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात माघ २९ गते तेस्रो खेल हुने क्यानले जनाएको छ ।

क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ७ : १४ बजे