एमालेको सचिवालय बैठक सुरु

करेन्ट लागेर अछाममा एक जनाको मृत्यु

अछाम । करेन्ट लागेर अछाममा एक जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा जिल्लाको पन्चदेवल विनायक नगरपालिका ५ लयाँटीका प्रकाश बुढा हुनुहुन्छ । दैलेखको आठबिस नगरपालिका ४ राकममा एभरेस्ट नेटवर्क इन्टरनेटको काम गर्ने क्रममा करेन्ट लागेर उहाँको मृत्यु भएको हो ।

हिजो माघ २३ गते इन्टरनेटको काम गर्न विद्युतको पोलमा चढेका प्रकाशलाई करेन्ट लागेको थियो । करेन्ट लागे लगत्तै उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटोमै उहाँको ज्यान गएको उहाँका आफन्तले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १० : ०८ बजे