यस्तो छ आजको विनिमय दर

सम्पत्ति शुद्वीकरण मुद्वामा श्याम परदेशीले पाए सफाइ

काठमाडौं । सम्पत्ति शुद्वीकरण मुद्वामा मिटरब्याजीको आरोप लागेका श्याम परदेशी भन्ने श्यामप्रसाद साहले सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाइ पाउनु भएको छ ।

विशेष अदालतले उहाँलाई सफाइ दिएको हो । न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले श्यामप्रसादसँगै उनकी श्रीमती मञ्जुलाई पनि सफाइ दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २० साउन ०७९ मा उहाँसहित दुईजनाविरुद्ध मुद्दा चलाएको थियो । झुक्याएर नक्कली तमसुक बनाई सर्वसाधारणबाट चर्को ब्याजमा ऋण दिने गरेको भन्दै सर्लाहीमा परदेशीविरुद्ध उजुरी परेको थियो । उहाँविरुद्ध विभागले तीन करोड २० लाख ९२ हजार रुपैयाँभन्दा बढी बिगो मागदाबी गरेको थियो ।

उहाँकी श्रीमती मञ्जुसँग भने ६५ लाख रुपैयाँको बिगो माग गरिएको थियो । उहाँविरुद्ध जिल्ला अदालत सर्लाहीमा समेत ठगीको मुद्दा विचाराधीन छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ६ : २६ बजे