काठमाडौं । न्याय परिषद्ले १२ जना न्यायाधीसको सरूवा गरेको छ ।
मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतका तीनजना सहित १२ जनाको सरूवा गरेको हो ।
कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्य ललितपुर जिल्ला अदालतमा सरूवा हुनुभएको छ । यस्तै, सुनसरीका हरिप्रसाद कोइरालाको कास्कीमा, कास्कीका अवनी मैनालीको मकवानपुरमा सरूवा भएको हो ।
प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार ५ : ३६ बजे
प्रतिक्रिया