काठमाडौं । रूसी सेनामा भर्ना भएका नेपालीका आफन्तले काठमाडौंस्थित रूसी दूतावास अगाडि धर्ना दिएका छन् ।
रूसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गर्न, घाइतेको उपचार गर्ने लगायतका माग राख्दै दूतावास अगाडि धर्ना दिइएको हो ।
उहाँहरूले रूसी सेनामा नेपालीलाई भर्ना गर्न बन्द गर, युद्धमा घाइते भएकाको उपचार गर, युद्धमा मारिएका नेपालीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गर्नुभएको थियो ।
दूतावासमा गएर नै आफ्ना कुरा राख्ने भन्दै भित्र छिर्न खोजेका उउहाँहरुलाई प्रहरीले रोकेपछि सडकमै बस्नु भएको थियो ।
प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार १ : ४० बजे
प्रतिक्रिया