‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बेलायती राजा चार्ल्सलाई क्यान्सर, सार्वजनिक भेटघाट नगर्न चिकित्सकको सल्लाह

काठमाडौँ। बेलायती राजा चार्ल्सलाई क्यान्सर भएको छ। क्यान्सर पुष्टि भएसँगै राजा उनको उपचार शुरु भएको बकिङ्घम प्यालेसले जनाएको छ।

भर्खरै बढेको प्रोस्टेटको लागि उपचारको क्रममा उनमा क्यान्सर पत्ता लागेको थियो। दरबारले राजालाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्नेबारे बताएको छैन।

क्यान्सर भएसँगै ७५ वर्षीय चार्ल्सलाई सार्वजनिक कार्यक्रम स्थगित गर्न चिकित्सकले सल्लाह दिएका छन्। यद्यपि प्रधानमन्त्री ऋषि सुनकले भने उनलाई साप्ताहिक रूपमा भेट्ने बीबीसीले जनाएको छ ।

यसैबीच राजकुमार ह्यारी आफ्ना बुबालाई भेट्न अमेरिकाबाट बेलायत जाने भएका छन्।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : ०५ बजे