विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

त्रिविको वेबसाइट ह्याकको छानबिनका लागि तीन सदस्यीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ‘ह्याक’ भएको विषयको निष्कर्ष निकाल्नका लागि छानबिन समिति गठन गरेको छ । त्रिविका निमित्त रजिष्ट्रार कृष्णप्रसाद बस्यालका अन्ुसार इन्जिनियरिङ अध्ययन संस्थान (आईओएम) का डिन प्रा.डा. शशीधर राम जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । गत शुक्रबार सगठित समितिलाई १५ दिनको समय दिएको उनले बताए ।

निमित्त रजिष्ट्रार बस्यालका अनुसार समितिले वेबसाइट ह्याक हुनुको कारण, ह्याक हुन नदिने उपाय र चुनौतीको विषयमा सुझावसहित प्रतिवेदन पेश गर्नेछ । त्रिुभवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १५ माघबाट अनलाइनबाट विद्यार्थीका प्रमाणपत्रहरु दिन भनेको तर सेवा सुरु भएको एक दिनमै वेबसाइट ह्याक भएको थियो । तर, सोमबार साँझसम्म सञ्चालन हुने गरी काम भइरहेको निमित्त रजिष्ट्रार बस्यालले बताए । गत सोमबार –१५ माघ)बाट त्रिवि अनलाइन सेवा प्रवाह शुरु गरेको थियो तर सोही दिन ‘ह्याकर’ले सिस्टम ‘ह्याक’ गरेको थियो । शुक्रबार साँझसम्म वेबसाइटमा ‘मेन्टेनेन्स’ भइरहेको उल्लेख छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : २१ बजे