एमालेको सचिवालय बैठक सुरु

ब्यवसायीमाथी गोली प्रहार भएपछि सुरक्षाको माग

नवलपरासी,पश्चिम्  ।
बर्दघाटका एक सुनचाँदी ब्यवसायी माथि गोलि प्रहार भएपछी पश्चिम् नवलपरासीका ब्यवासायीहरुले शान्ति र सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई ज्ञापन पत्र बुझाएका छ्न । सुनचाँदी ब्यवसायी गजेन्द्र बिक माथी शनिबार साझ सुस्ता १ बरुवामा रहेको पसल बन्द गरि बर्दघाट घर फर्कने समयमा लुटेरा समुहले बर्दघाट १६ को केराबारीमा गोलि प्रहार गरेका थिए।उहाँको अहिले काठमाडौमा उपचार भैरहेको परिवार श्रोतले बताएको छ ।

नवलपरासीका उद्योग बाणिज्य संघ,  सुनचाँदी ब्यवसायी नवलपरासी  उद्योग बाणिज्य संघ बर्दघाट, सुनवल उधोग बाणिज्य संघलगायत सयुक्त रुपमा निमित्त प्रमुख  जिल्ला जिल्ला अधिकारी प्रकाश देवकोटालाई ज्ञापन पत्र बुझाएका छ्न ।

ज्ञापन पत्र बुझाउदै ब्यवसायीहरुले पछिल्लो केहि घटनाहरुले जिल्लाको शान्ति सुरक्षाको स्थिति बिग्रीएको बताउदै ब्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन । सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीका अध्यक्ष अर्जुन सुनारले पछिल्लो समय सुनचाँदी व्यवसायीहरु असुरक्षित हुने घटना बढेको र जिल्ला प्रशासनलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको बताउनुभयो ।

ब्यवसायीहरुको ज्ञापन पत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी देवकोटाले ब्यवसायीहरुको सुरक्षालाई गम्भीर रुपमा लिएको बताउदै सुरक्षा ब्यवस्थालाई थप कडाई बनाईने बताउदै प्रहरीले घटनाम सम्लग्नको खोजिकार्य तिब्र बनाएको बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको बताउदै उहाले जिल्लाको शान्ति शुरक्षाकायम गरीने बताउनु भयो । 

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले अनुसन्धान जारी रहेको बताउदै छिट्टै गोली प्रहार गर्ने समुह नियन्त्रणमा आउने दाबि गर्नुभयो ।"पेस्तोल नै प्रयोग हुनु गम्भीर कुरा हो,हामिले सूक्ष्म रुपलेनै अनुसन्धान गरिरहेका छौ" आचार्यले भनुभयो । प्रहरीको प्राविधिक सहितको टोली मार्फत थप अनुसन्धानको काम सुरु भइरहेको उहाँले जानकारी दिनुभयो

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : १५ बजे