सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं।नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन एक लाख १८ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी तोलाको १३९५ रुपैयाँ कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ११ : ४० बजे