देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मुगु खत्याडमा आगलागी, दुई बालक जलेर मृत्यु भएको आशंका

मुगु – आइतवार राती राती आगलागी हुँदा एकै घरका २ जना बालकको मृत्यु भएको अाशंका छ ।
मुगु जिल्ला खत्याड गाउपालिका वडा न २ गाडेखोला गाउको एक घरमा राती आगलागी हुदा २ जना बालक बेपत्ता भएको र घर जलेर खरानी भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक  विरेन्द्र थापाले दिनु भएको जानकारी राती बालबच्चा सहित आमा सरस्वती सन्ज्याल छोरा  वर्ष १४ को विशाल सन्ज्याल र छोरी  वर्ष १२ कि झ्ररना सन्ज्याल घरको गोठ्मा सुतेका थिए । बालेर राखेको आगोले गोठमा आगो लाग्दा आमा बाहिर निस्कन सफल भए पनि २ छोरा र छोरी सहित चार गाइगोरु जलेका थिए । 
घटना लगतै प्रहरी चौकी श्रीकोटबाट प्रहरी घटना स्थलमा पुगेर स्थानियहरुको सहभागितामा आगो नियन्त्रण प्रयास गरिरहेको छ । सोमवार विहानसम्म पनि आगो नियन्त्रणमा आएको छैन । 
घरमा काठपनी राखेको र घर कच्ची काठ प्रयोगबाट बनेको भएकोले आगो झन दन्किएको थियो । 
सोमबार विहानसम्म पनि २ बच्चा नभेटिएको र आमाले बच्चा बाहिर ननिस्किएको भनी विलौना गरिरहेकाले दुबै बालबालिका जलेर खरानी भैसकेको हुनसक्ने  प्रहरि नायव उपरीक्षक थापाले बताउनु भयो ।
पिडित सरस्वतिका श्रीमान लाले सन्ज्याल कामको खोजिमा भारत रहेको पनि प्रहरिले बताएको छ । 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : २१ बजे