‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बलात्कार गरेको अभियोगमा नेपाल प्रहरीका पूर्वसई प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादव बलात्कार आरोपमा पक्राउ परेका छन् ।

गत पौष १७ गते राती आमा घरमा नभएको बेला आँफूमाथि बलात्कार भएको उजुरी पिडितले दिएपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो । आरोपी यादवले कोठा ढक्ढक्याएर पानी मागेको र त्यसपछि भित्र प्रवेश गरेर रात त्यहीँ विताएको पिडितको बयान छ । पिडित महिलाले यौन सम्पर्क गर्न नमानेपछि यादवले महिलामाथि शारिरीक यातनाका साथै परिवारका सदस्यलाई खतम गर्ने धम्कीसमेत दिएका थिए ।

प्रतिवाद गर्न खोज्दा थप त्रासमा पारेर बल प्रयोग गरेर जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । उक्त जानकारी कसैलाई दिएमा ज्यान मार्ने धम्की समेत दिएको पिडितको बयान छ । अर्को दिन बेलुकी पनि बन्दुकको गोली देखाएर पुनः जबर्जस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख गरेको प्रहरीले जानकारी दिएको छ ।

जाहेरीका आधारमा पक्राउ गरेर सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिँदा भने पूर्व सई यादवले इन्कारी बयान दिएका छन् । प्रहरीले भने अनुसन्धानपछि पीडितको स्वास्थ्य जाँच प्रतिवेदन समेत समावेश गरेर बलात्कार गरेको पुष्टि हुने निष्कर्षसहित रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ । सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ । आरोपी यादवले १ पुस २०७६ मा प्रहरीबाट राजीनामा दिएर अहिले निजी कम्पनीमा सुरक्षागार्डका रुपमा काम गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : ०४ बजे