त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुख डीआईजी ठकुरीले दिए राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजीनामा दिनुभएको छ ।

विमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिनुभएको हो ।

गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पूरा गरेर राजीनामा दिनुभएको हो । तर, उहाँले किन राजिनामा दिनुभयो ? भन्ने बारेमा कुनै कारण खुलिसकेको छैन् ।

पछिल्लो समयमा बढ्दो सुन तस्करी तथा प्रहरी र अध्यागमन कर्मचारीका बीचमा भइरहेका असहमति र विवाद देखा परेको थियो ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ३ : ४६ बजे