विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पर्यटन मन्त्रालयका उपसचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर हुनु भएको छ ।

विशेष अदालतले नेपाललाई दोषी ठहर गर्दै एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो ।

यही प्रकरणमा पक्राउ पर्नुभएका हरिभक्त श्रेष्ठले भने सफाइ पाउनु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउनमा काठमाडौंबाट नेपाल र श्रेष्ठलाई सेवाग्राहीसँग लिएको ६ लाख र गाडीमा थप साढे १६ लाख रकमसहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : २६ बजे