दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रुसी सेनामा भर्ती भएकाका आफन्तहरुको आग्रह: स्वदेश फर्काउन पहल गरिदिनुस्

काठमाडौं । रुसी सेनामा भर्ती भएकाका आफन्तहरुले आफ्ना  आफन्तलाई नेपाल फर्काउन  पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई अहिले धेरै नै कठिन अवस्थामा रहेका भन्दै उनीहरुलाई छिटोभन्दा छिटो स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् ।

उनीहरुले सरकारले के गर्दा उनीहरुलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न आग्रह गरे । रुसी सेनाबाट भागेर नेपाल फर्किनुभएका खोटाङका सुमन राईले नेपालीहरुलाई सेनामा भर्ती भइसकेपछि सिधै फिल्डमा लगेर युद्ध गर्न लगाएको बताउनु भयो । उहाँले सेनामा भर्ती भइसकेपछि युद्धमा लैजाने र नेपालीहरु बाँच्ने अवसर शुन्य बराबर हुने बताउनु भयो । उहाँले रुसी सेनाले नेपालीहरुलाई सबैभन्दा अगाडि लगाइ युद्ध गराउने गरेको बताउनु भयो । युक्रेनीहरु क्याम्पमा रुसी सैनिकमाथि आक्रमण गर्न नियालीरहेको हुने तर रुसबाट भने खुला ठाउँमा लगेर भिडाउने, रुसी भाषा नबुझ्ने समस्याका कारण पनि धेरै नेपाली मरिरहेको बताउनु भयो ।

उहाँले अहिलेसम्म सार्वजनिक नभएको भएपनि ५ सय भन्दा बढी नेपालीहरुले ज्यान गुमाइसकेको दाबी गनुृभयो  । 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  २ : ५९ बजे