देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

दाङमा खाना पकाउने क्रममा जलेर महिलाको मृत्यु

दाङ ।दाङमा खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जनकारी दिनुभयो । 

 

उहाँका अनुसार घरमा एक्लै खाना पकाउने क्रममा जलेर उनको मृत्यु भएको हो । घरमा श्रीमान् र छोरा रहेपनि त्यो समयमा घर भन्दा बाहिर रहेको अवस्थामा जलेको प्रहरीले बताएको छ  । बिहीबार साँझ पौने ८ बजेतिर उक्त घटना भएको हो । खाना पकाउने क्रममा  बालेको दाउराको आगो कपडामा सल्किएको हो । 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ०५ बजे